७ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय डा. चन्द्र भण्डारीले वि पी कोईरालाको सरकार सैनिक ‘कु’ मा पर्नु भनेको प्रजातन्त्रको अपहरण मात्र नभएर सगरमाथाको आधाभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली नक्साबाट हटाउने र सिमानामा सुरक्षा नराख्ने रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता भण्डारीले प्रजातन्त्रको प्राप्ति पछी गम्भिर हुनुपपर्नेमा नेताहरु आपसी कुस्तिमा लागेको भन्दै यसैलाइ अवसर ठानेर शक्ति केन्द्रबाट पालिएका मानिसहरु विभिन्न पार्टीमा शक्तिसाली बन्दै गएको धारणा व्यक्त गरेका छन् । तथापी संविधान बनाउदा सबै राष्टवादी शक्ति एक ठाउमा उभिए संविधान बन्न सकेको बताए । अहिले नेपाली भुमी फर्काउने कुरा थियो जुन नेपालको नक्सामा नभएको तर भारतले आफ्नो नक्सामा सामेल गरे पछी नेपालमा जनआक्रोस बढ्दा र नेपाली काग्रेसका सभापतीले देशको पक्षमा आफ्नो अडान राखेको विचार व्यक्त गरेका छन् ।
सरकारले राम्रो तरिकाले विरोध गर्न नसकेको पराष्ट्रमन्त्रालयबाट कहिले हस्ताक्षर नबुझिने र कहिले हस्ताक्षर नभएका पत्र बाहिर आएको भन्दै नेता भण्डारीले जनआक्रोसपछि सरकारले आफ्नो नीति कार्यक्रममा नक्सा सार्वजनिक गर्ने बताएको र प्रतिपक्ष्य दल चट्टान झैं उभिएर नक्साजारी गर्न सरकारलाई सहयोग गरेको बताए ।
उनले संविधान निर्माण र नक्सा जारी गर्नेकाम राष्ट्रवादी शक्तिको जित भएको र यो खुसीको कुरा भएको भन्दै अब कुटनीति तरिकाले कुरा गर्ने रणनीतिहरु बनाउने काम प्रधानमन्त्रीको भएको बताए । आगामी दिनमा अझ ठुला चुनौतिको सामना गर्नु पर्ने हुनसक्ने भन्दै अब बोलेर मात्र नहुनेमा जोड दिएका छन् । यस्तै नक्सा सार्वजनिक गर्नुमा ठुलो सहयोग गर्ने प्रतिपक्षी दलका नेता र सभासदलाई धन्यवाद दिन नसक्नुले प्रधानमन्त्री सदनमा चुकेको बताए ।