सामाजिक सञ्जाल

कोरोना सार्ने निहुँमा विदेशका नेपालीलाई घर फर्कन रोक्न पाईदैनः नेता गुरुङ

७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले रोगी नेताहरुको जनताले उपचार गर्नुपर्ने तर जनतालाई घर फर्कन बन्देज लगाउने ? आक्रोशीत हुँदै प्रश्न गरेका छन् ।

उनले विदेशबाट ह्वार–ह्वार्ती मान्छे ल्याएर कोरोना फैलाएर देश सोत्तर पार्ने? ‘भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई आपत्तिजनक भएको ठहर गरेका छन् ।

नेता गुरुङ भन्छन्, ‘बाध्यताले विदेश काम गर्न गएका नेपालीहरुको पनि तपाई प्र.म.हो। रोग फैलाउने आरोपमा घर फर्कन बन्देज लगाउन पाईदैन।’

नेता गुरुङको आफ्नै शब्दमाः ‘विदेशबाट ह्वार–ह्वार्ती मान्छे ल्याएर कोरोना फैलाएर देश सोत्तर पार्ने? ‘भन्ने @PM_Nepal ज्युको भनाई आपत्तिजनक छ। बाध्यताले विदेश काम गर्न गएका नेपालीहरुको पनि तपाई प्र.म.हो। रोग फैलाउने आरोपमा घर फर्कन बन्देज लगाउन पाईदैन। रोगी नेताहरुको जनताले उपचार गर्नुपर्ने तर जनतालाई घर फर्कन बन्देज लगाउने ?