बाग्मती

लकडाउनको बेला फिल्डमा खटिएका दुई प्रहरीमा देखियो कोरोना

७ जेठ काठमाडौं । मुलुककै राजधानि काठमाडौंमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । महानगरिय प्रहरी वृत्त कालिमाटिमा कार्यरत दुई प्रहरीमा कोरोना देखिएको हो ।

उनिहरु दुबै जना लकडाउनको समयमा फिल्डमा नै खटिएको पाईएको छ । स्वास्थ्य मन्त्रालयले यो बारेमा मंगलबार प्रहरीलाई जानकारी गराएको थियो ।

९० जना रहेको ब्यारेकमा मंगलबार ति दुई संक्रमीत प्रहरी बसेका थिए । आज ब्यारेकमा रहेका सबैको स्वाब परिक्षण गरिने भएको छ । संक्रमीत दुई एक सई र एक जवान रहेको खुलेको छ ।