समाचार

रोल्पाको आईसोलेसनमा मृत्यु भएका युवकमा देखिएन कोरोना

७ जेठ काठमाडौं । रोल्पाको आईसोलेसनमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण देखिएको छैन । आईसोलेसनमा भएको बेला मृत्यु भएका ति युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

सोमबार मृत्यु भएका रोल्पा नगरपालीका १ सानो लिबाङ निवासि ति युवक मृगौला पिडित भएको रोल्पा अस्पतालले जानकारी दिएको छ ।

२२ वर्षका ति युवक काठमाडौंको त्रिवि शिक्षण अस्पतालबाट डाएलाईसिस गरेर घर फर्केको पारिवारीक श्रोतले बताएको छ । आईसोलेसनमा मृत्यु भएछि सिंगो रोल्पा जिल्ला त्रसित भएको थियो ।