७ जेठ काठमाडौं । तेल आपुर्तिमा स्थानीय वासीले अबरोध पुर्याएको भन्दै नेपाल आयल निगमले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकैभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण जोखिमलाई मध्यनजर गर्दै डिपो बन्द गर्न स्थानियले दबाब दिएको प्रति नेपाल आयल निगम लिमिटेड अमलेखगञ्जले आपत्ति जनाएको छ ।
पुर्वि तथा मध्य नेपालको पेट्रोलियम वितरणको लाईफलाईन अमलेखगञ्ज डिपोमा स्थानीयले बन्द गर्न दबाब दिएको निगमले जनाएको छ । कोरोना माहामारीबाट सर्तक हुँदै सवारी साधन डिस्इन्फेक्सनलाई प्रभावकारी बनाइएको, अनावश्यक भिडभाड कम गरिएको भए पनि अवरोध सिर्जना गरिएको अमलेखगन्ज डिपोले जनाएको छ ।
पाइपलाइनबाट आउने डिजेल तथा ट्याकंरबाट ढुवानी हुने पेट्रोल लगायतका इन्धन अमलेखगन्जबाट पूर्वको विराटनगर, पश्चिममा भैरहवा, पोखरा र केन्द्रीय राजधानी काठमाडौंमा वितरण हुने गरेको डिपोले जनाएको छ ।
साथै मुलुक कोरोना भाईरसको विषम परिस्थतीबाट चलिरहेको बेला डिपो बन्दगर्ने, चालकलाई धम्की दिने जस्ता कार्य नर्गन स्थानिय संग निगमले अनुरोध समेत गरेको छ ।