७ जेठ, काठमाडौं । केहीदिन अघिमात्र मन्त्रीपरिषद बैठकले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको भनी निर्णय गरेको सरकारले आजै २ बजेपछि आधिकारिक नक्सा घोषणा गर्ने कार्यक्रम रहेको बताईएको छ ।
भूमि ब्यबस्था, सहकारी तथा गबिीनिवारण मन्त्रालयले सरकारी मिडिया नेपाल टेलिभिजनमार्फत उक्त नक्सा सार्बजनिक गर्न लागेको बताएको छ।
१४७१८१ बर्ग किलोमिटर रहेको नेपालको भू–भाग अब १४७५१६बर्ग किलोमिटर हुने छ । अतिक्रमीत भूमि ३३५ बर्ग किलोमिटर रहेको छ ।