७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्ब मन्त्री गगन कुमार थापाले नेपालको भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न मागसहित नेपालको नक्सा सािर्बजनिक गरेकोमा नेपाल सरकारलाई धन्यबाद दिएका छन् ।
उनले भूमिलाई व्यवहारमा प्राप्त गर्ने अभियानमा हाम्रो पूर्ण साथ छ र रहिरहने बताउँदै आत्मश्लघा होइन आत्मविश्वास, उत्तेजना होइन चतुरता, साहस सँगै अडान र परिपक्व कूटनीतिक पहल भयो भने लक्ष्यमा अवश्य पुग्ने दाबी गरेका छन् । नेता थापाले ट्वीट गर्दै उक्त प्रतिकृया जनाएका हुन् ।
आज नेपाल सरकारले तीनै स्थानसहित समेटिएको नेपालको नयाँ नक्सा सार्बजनिक गरेपछि नेता थापाले बोलेका हुन् ।
गगन थापाको ट्वीट: लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद !
हाम्रो भूमिलाई व्यवहारमा प्राप्त गर्ने अभियानमा हाम्रो पूर्ण साथ छ र रहिरहनेछ।
आत्मश्लघा होइन आत्मविश्वास, उत्तेजना होइन चतुरता, साहस सँगै अडान र परिपक्व कूटनीतिक पहल भयो भने लक्ष्यमा अवश्य पुग्नेछौँ।