सामाजिक सञ्जाल

गुरुङको प्रश्नः सर्बसाधारणको कोरोना परीक्षण शुल्क १५ हजार, समाजवादको नयाँ मोडल ?

७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले माननीय सांसददेखि महामहिम राष्ट्रपतिज्युसम्म पिसिआर परिक्षण निःशुल्क। गरीब जनतालाई पिसिआर परिक्षण सशुल्क रु१५ हजारमा भन्दै बिरोध जनाएका छन् ।

उनले गरिव जनतालाई १५ हजार रुपैयाँ लिने कार्य समाजबादको नयाँ मोडल भन्ने व्यंग्य गर्दै जनताको करबाट तलबभत्ता खाने नेताहरुलाई निशुल्क तर जनतालाई सशुल्क ! भन्दै आश्चार्य ब्यक्त गरेका छन् ।

नेता गुरुङले कोरोनाको महामारीबाट जोगिए पनि भ्रष्टहरुको महामारीबाट जनता नजोगिने भयो। उफ ! भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्न रकम नलाग्ने भने पनि कति पैसा लाग्ने त्यसको छिनोफानो अहिल्यै नभएको बताएको छ भने बिहान १५ हजार काण्डले सामाजिक सञ्जाल नै रङ्गीएका थिए । त्यसै सेरोफेरोमा नेता गुरुङको प्रतिकृया आएको हो ।

नेता गुरुङको भनाईः माननीय सांसददेखि महामहिम राष्ट्रपतिज्युसम्म पिसिआर परिक्षण निःशुल्क। गरीब जनतालाई पिसिआर परिक्षण सशुल्क रु१५ हजारमा। समाजवादको नयाँ मोडल! जनताको करबाट तलबभत्ता खाने नेताहरुलाई निशुल्क तर जनतालाई सशुल्क! कोरोनाको महामारीबाट जोगिए पनि भ्रष्टहरुको महामारीबाट जनता नजोगिने भयो। उफ !