अन्तर्राष्ट्रिय

भारतमा प्रति लाख ७.९ जना कोरोनाबाट सङ्क्रमित, ३६.६२ प्रतिशतलाई निको

एजेन्सी । भारतमा देशभरीको तथ्यांक हेर्दा कुल जनसंख्या मध्ये प्रति लाखमा ७.९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कुल सङ्क्रमित मध्ये ३९.६२ प्रतिशत विरामी सङ्क्रमण मुक्त भएका छन् ।

“विश्वभरको तथ्यांक हेर्ने हो भने कुल जनसंख्याको प्रति लाख ६२ जना सङ्क्रमित भएको देखिएको छ,” जवकी भारतमा ७।९ प्रतिशतमा मात्रै देखिएको छ, मन्त्रालयका सहसचिव लभ अग्रवालले भने । मन्त्रालयद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले झण्डै ४० प्रतिशत सङ्क्रमित निको भएर घर फर्किनु अर्को सन्तोषजनक कुरा भएको पनि बताए ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये २।९४ प्रतिशतलाई मात्रै अक्सीजन सहितको शैयामा राख्नु परेको र ३ प्रतिशतलाई आइसियुमा राख्नु परेको पनि उनले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित मध्ये ०।४५ प्रतिशतलाई भने भेन्टीलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सहसचिव अग्रवालले विश्वभरी प्रतिलाख ४।२ जनाको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको बताए । तर भारतमा भने प्रतिलाख ०।२ प्रतिशतको मात्रै मृत्यु भएको उनको भनाई छ । भारतमा बुधबार बेलुकासम्ममा एक लाख ७ हजार ८१९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ३१७ जनाको मृत्यु भएको छ ।