अन्तर्राष्ट्रिय

कोरोनाः झण्डै ५१ लाख संक्रमीतः २० लाख धेरै निको/ मृत्यु हुने ३ लाख २९ हजार नाघ्यो

८ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८२ हजार ६ सय ६१ पुगेको छ । वल्र्ड मिटरले काशित गरेको बिहिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ९१ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३ लाख ८ हजार ७ सय ६, ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७, बेलायतमा २ लाख ४८ हजार २ सय ९३, स्पेनमा २ लाख ७८ हजार ५ सय २४, इटालीमा २ लाख २७ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख २९ हजार २ सय ९४ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९४ हजार ९ सय ९४ । त्यस्तै, बेलायतमा ३५ हजार ७ सय ४, ईटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार २ सय ३९ को मृत्यु भइसकेको छ ।

विश्वभर २० लाख २ हजार १ सय ५७ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ३ लाख ७० हजार ७६, जर्मनीमा १ लाख ५६ हजार ९ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना अहिले संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख १२ हजार २८ जना संक्रमीत भएका छन् भने ३ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ । नेपालमा ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ४५ जना संक्रमणमुक्त भएका छन् ।