८ जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सीमा विवाद विषयमा भारतको कुनैपनि दवाबबाट नेपाल नझुक्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत अध्यक्ष थापाले सीमा विवादको विषयमा भारतसंग नेपाल वार्ताको माध्यमबाट समाधान खोज्न तयार भएको तर दवावबाट कहिलै नझुक्ने बताएका हुन्। उनले सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्ता गर्दै आएको बताएका छन् ।
वार्ताबाट समाधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै आपक्ति जनाएका छन् । यस विषयमा नेपाल भारतसंग वार्ता गर्न तयार रहेको तर भारतिय दबाबबाट डराएर नबस्ने बताएका छन् ।
उनको ट्वीटः सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तारुगर्दै आएको हो । वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडागर्ने,बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो । नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन ।