सामाजिक सञ्जाल

धनराज भन्छन्ः अतिक्रमित भूमिको प्रमाण दिइ नेपाली भूमिबाट भारतिय सेना फिर्ता गर्नुस्

८ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अतिक्रमित भूमिको प्रमाण दिइ नेपाली भूमिबाट भारतिय सेना फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले नेपालले जारी गरेको नक्शाको संदर्भमा भारतले ऐतिहासिक तथ्य र प्रमाणको आधार नभएको भनेर दिएको अभिव्यक्ति प्रति सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंगै भारतिय प्रधानमन्त्री मोदी को अगाडि ऐतिहासिक तथ्य र प्रमाणहरु राखेर यिनै ऐतिहासिक तथ्य र प्रमाणको आधारमा हामीले नक्शा जारी गर्यौं अब हाम्रो भुमिबाट तपाईंको सेना फिर्ता लैजानुस् भन्न सुझाएका छन् ।

 

उनको ट्वीटः नेपालले जारी गरेको नक्शाको संदर्भमा भारतले ऐतिहासिक तथ्य र प्रमाणको आधार नभएको भनेछ ।@PM_Nepal ज्यु ! @PMOIndia को अगाडि ऐतिहासिक तथ्य र प्रमाणहरु राखेर भनिदिनुस् यिनै ऐतिहासिक तथ्य र प्रमाणको आधारमा हामीले नक्शा जारी गर्यौं । अब हाम्रो भुमिबाट तपाईंको सेना फिर्ता लैजानुस् ।