सामाजिक सञ्जाल

ओली सरकारलाई केहिले नपुगेर अपांगजन र एकल महिलाको भत्ता खान थालेछः संग्रौला

८ जेठ काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओलि सरकारलाई केहिले नपुगेर अपांगजन र एकल महिलाको भत्ता समेत खान थाले छ भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले ओली सरकार बालुवाटारको माटो खान्छ, गोकर्णको वन खान्छ, सेक्युरिटी प्रेसको थैलो खान्छ, किर्ते मोल देखाएर स्वास्थ्य सामग्रीमा एक रास कमिसन खान्छ भन्दै यी सब खाँदा पनि नअघाएर सरकारले अपाङ्गजन र एकल महिलाको सामाजिक सुरक्षा भत्ता पनि खाए छ भनेका छन् ।

हरेक क्षेत्रमा लुटतन्त्र मच्याएको ओली सरकारले देखायो त सर्वहाराको कम्निस्ट सरकारको चरित्र भन्दै टिप्पणी गरेका छन् ।

संग्रैला भन्छन्ः ओली सरकार बालुवाटारको माटो खान्छ,गोकर्णको वन खान्छ, सेक्युरिटी प्रेसको थैलो खान्छ, किर्ते मोल देखाएर स्वास्थ्य सामग्रीमा एक रास कमिसन खान्छ । यी सब खाँदा पनि नअघाएर सरकारले अपाङ्गजन र एकल महिलाको सामाजिक सुरक्षा भत्ता पनि खाएछ । देखायो त सर्वहाराको कम्निस्ट सरकारको चरित्र ।