८ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको छ । मन्त्रालयको आजको पत्रकार सम्मेलनमा झापामा ८ जना र रुपन्देहीमा १ जना गरी जम्म ९ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
यससँगसँगै नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ४५३ रहेको छ । बिहानमात्र १७ जनामा कोरोना देखिएपनि अपरान्ह हुन नपाउँदै ९ जना थपीएका छन् ।
आजसम्म ३८ हजारभन्दा बढी पस्स्आिर र ७८ हजार भन्दा बढी आरडीटी परीक्षण गरेको जनाएको छ ।