९ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५१ लाख ८९ हजार ४ सय ८८ पुगेको छ । वल्र्ड मिटरले काशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख २० हजार ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३ लाख १७ हजार ५ सय ५४, ब्राजिलमा ३ लाख १० हजार ८७, बेलायतमा २ लाख ५० हजार ९ सय ८, स्पेनमा २ लाख ८० हजार १ सय १७, इटालीमा २ लाख २८ हजार ६ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वभर ३ लाख ३४ हजार ९२ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९६ हजार ३ सय १४ । त्यस्तै, बेलायतमा ३६ हजार ४२, ईटालीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १५ को मृत्यु भइसकेको छ ।
विश्वभर २० लाख ७८ हजार ५ सय ६१ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ३ लाख ८२ हजार १सय ६५, जर्मनीमा १ लाख ५८ हजार, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना अहिले संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख १८ हजार २ सय २६ जना संक्रमीत भएका छन् भने ३ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ । नेपालमा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ४९ जना संक्रमणमुक्त भएका छन् ।