अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाः झण्डै १ लाखले गुमाए ज्यान, निको हुनेको संख्या सबैभन्दा धेरै

९ जेठ काठमाडौं । चीनको उहान सहरबाट फैलिएको प्राण घातक भाईरस कोरोनाले अमेरिकाको स्थीति तनावग्रस्त बनाएको छ । त्यहाँ मृत्यु हुनेको संख्या झण्डै १ लाख नजिक पुगेको छ ।

वल्र्ड मिटरको शुक्रबार बिहान सम्मको तथ्यांक अनुसार ९६ हजार ३ सय ५४ जनाको मृत्यु भएको छ । १७ हजार ९ सय २ को अवस्था गम्भिर रहेकाले मृत्युको संख्या अँझै बढ्नसक्ने देखिएको छ । यस्तै १६ लाख २० हजार ९ सय २ जना संक्रमीत भएका छन् ।

विश्वमै सबैमुलुकभन्दा मृत्यु हुने र संक्रमीतको संख्या अमेरिकामा धेरै छ । भने निको हुनेहरुको संख्यमा पनि अमेरिका नै अगाडी छ । अमेरिकामा आजसम्म ३ लाख ८२ हजार वढीले कोरोनाको प्रकोपलाई जितेका छन् । ३ लाख ८२ हजार १ सय ६९ जना निको भएका छन् ।