समाचार

कोरोना रोकथाम/विदेशमा अलपत्र नेपालीको समस्यामा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

९ जेठ काठमाडौं । कोरोना रोकथाम र बिदेशमा अलपत्र नेपालीका समस्या लगाएतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्दै छ । यस्तै केही दिन अगाडी बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

आज मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिएका छन् । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताए ।