९ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले बिहिबार त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि जिल्ला भित्र कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा गाउपालिकामा अध्यक्षहरु सङ्ग जानकारी लिएका छन् ।
नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाबिस प्रमुखहरु सग भेटि स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन स्वास्थचौकि उप–स्वास्थचौकि गाउपालिका प्रशासनलाई सुझाव समेत दिएका छन् ।
यसअघि काँग्रेस नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको बिभिन्न गाउपालिका मा रहेको स्थानिय तहका स्वास्थ चौकि , उपस्वास्थ चौकिहरुमा २० वटा स्वास्थ्य संस्थालाई (ईन्फारेड थर्मोमिटर) Infared thermometer उपलब्ध गराएको छ ।
बिदुरनगरपालिका ,बेलकोटगढि नगरपालिका तारकेश्वर र लिखु गाउपालिका भित्रका २० वटा स्वास्थ्य संस्थालाई सदरमुकाम बिदुरमा र तारकेश्व , लिखु का अध्यक्ष लगायत स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति थियो । गाउँपालिका र नगरपालिका का २० स्वास्थ्य संस्थालाई तारकेश्वर को गोर्स्याङ बेलकोटगढि को जिलिङ लिखु को सुर्यमति पुगि ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले डिजिटल थर्मोमिटर र मास्कहरु हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।
उक्त अबसमा महासचिब केसीले कोभिड १९ का बिरुद्द सम्पुर्ण बिश्व मानब एक भएर लडनु पर्ने र यस्तो परिस्थिति मा कसैले पनि राजनैतिक आस्था भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताए बाकि गाउपालिका का स्वास्थचौकि र उप-स्वास्थचौकिहरुमा पुन डिजिटल थर्मामिटर बितरण गरिने छ ।