अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाः ५२ लाख बढी संक्रमित, निधन ३ लाख ३९ हजार वढी (पछिल्लो अपडेट)

१० जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५२ लाख ९८ हजार १ सय ८० पुगेको छ । वल्र्ड मिटरले काशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ४५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रुसमा ३ लाख २६ हजार ४ सय ४८, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, बेलायतमा २ लाख ५४ हजार १ सय ९५, स्पेनमा २ लाख ८१ हजार ९ सय ४, इटालीमा २ लाख २८ हजार सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख ३९ हजार ४ सय १५ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९७ हजार ६ सय ३७ । त्यस्तै, बेलायतमा ३६ हजार ३ सय ९३, ईटालीमा ३२ हजार ६ सय १६, फ्रान्समा २८ हजार २ सय ८९ को मृत्यु भइसकेको छ ।

विश्वभर २१ लाख ५४ हजार २ सय ४९ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ४ लाख १ सय ९२, जर्मनीमा १ लाख ५९ हजार, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना अहिले संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख २४ हजार ७ सय ९४ जना संक्रमीत भएका छन् भने ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ । नेपालमा ५ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमणमुक्त भएका छन् ।