१० जेठ काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओली नेतृत्वको नेकपा डबल सरकार नाङ्गै भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले कोरोना आतङ्क र सीमा विवादको कोलाहलमाझ ओली सरकारले नागरिकको गोपनीयताको हक हरण गरेर फोन ट्याप गर्ने दाउ रचेको टिप्पणी गरेका छन् ।
उनले सङ्कटको मौका छोपेर जनअधिकार निल्नु निरङ्कुशता प्रेमी शासकको धर्मै हो भन्ने प्रश्न गरेका छन् । उनले भनेका छन्ः आदर्श राजा र पञ्चायत, रहर– राजा र पञ्चमा रूपान्तरित हुनु ! हैट्, नाङ्गै भो त नेकपा डबल !
उनको ट्वीटः सङ्कटको मौका छोपेर जनअधिकार निल्नु निरङ्कुशताप्रेमी शासकको धर्मै हो । कोरोना आतङ्क र सीमा विवादको कोलाहलमाझ ओली सरकारले नागरिकको गोपनीयताको हक हरण गरेर फोन ट्याप गर्ने दाउ रच्यो । आदर्श राजा र पञ्चायत, रहर– राजा र पञ्चमा रूपान्तरित हुनु ! हैट्,नाङ्गै भो त नेकपा डबल !