राजनीति

कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतले सेना फिर्ता लानैपर्छः नेता गुरुङ

१० जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतले आफ्ना सेना फिर्ता लानैपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले यस्तो जोड दिएका छन् । साथै नेता गुरुङले राष्ट्रीयताको संदर्भमा सम्पुर्ण नेपाली एकभई दृढ्ताकासाथ राष्ट्रको पक्षमा संधै उभिने दाबी समेत गरेका छन् ।

उनले इतिहासमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको नक्शामा कहिल्यै थिएन भन्नेहरुले यो पुरानो नक्शा पनि प्रमाणको रुपमा राखोस् भन्दै आफ्नो ट्वीटमा नक्सा समेत सार्वजनिक गरेका छन् ।

उनको ट्वीटः राष्ट्रीयताको संदर्भमा हामी दृढ्ताकासाथ राष्ट्रको पक्षमा उभिन्छौं । कालापानी,लिपुलेक, लिम्पियाधुरा हाम्रो भुमीबाट भारतले आफ्नो सेना फिर्ता लैजानै पर्छ । इतिहासमा कालापानी, लिपुलेक,लिम्पियाधुरा नेपालको नक्शामा कहिल्यै थिएन भन्नेहरुले यो पुरानो नक्शा पनि प्रमाणको रुपमा राखोस् ।