सामाजिक सञ्जाल

नक्सा सच्याउने प्रस्तावको मौकामा बिबादास्पद प्रस्ताव नल्याउन नेता गुरुङको सरकारलाई चेतावनी

११ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्ब साँसद धनराज गुरुङले जारि गरिएको पछिल्लो संबिधानमा गलत रुपमा नेपालको नक्सा राखिएको र त्यसमा आफूले पनि हस्ताक्षर गरेकोमाच नेपाली जनतासँग माफी मागेका छन् । उनले यो गम्भीर त्रुटी सच्याउन प्रस्तावित संबिधान संसोधनको प्रस्तावमा अन्य प्रस्ताव जोड्ने प्रयास कतैबाट नहोस् भन्दै संसदलाई सचेत समेत गरेका छन् ।

सरकारले संसदमा अनुसूची ३ मा संबिधानमा भएको नेपालको नक्सा परिवर्तन गर्न प्रस्ताव गरेको छ भने त्यससम्बन्धी नेर्णय गर्न नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको बैठक अहिले बसिरहेको छ । नेता गुरुङले राष्ट्रियताका बिषयमा एउटा साँसद भएको हिसावले जनतासँग मागेको मार्फी सही छ । आज काँग्रेसले पनि नक्सा सच्याउन सरकारले गरेको प्रस्तावलाई पास गर्न आफ्ना साँसदहरुलाई ह्वीप जारी गर्ने निर्णय गर्ने सम्भावना पनि देखिन्छ । राष्ट्रियताको बिषयमा सबै एकजुट हुने काँग्रेस नेताहरुले सार्बजनिक अभिब्यक्री समेत दिएका छन् । नेता गुरुङ सधैं राष्ट्रियताका बिषयमा दह्रो कुरा गर्ने नेतामा पर्दछन् । नेता गुरुङले नक्सा सच्याउने प्रस्तावको मौकामा बिबादास्पद प्रस्तावहरु नल्याउन नेता गुरुङको सरकारलाई घुमाउरो पारामा चेतावनी दिएका हुन् ।

नेता गुरुङको स्टाटस्ः संबिधान निर्माणको क्रममा त्रुटीपुर्ण नेपालको नक्शा छापिएको र संबिधान सभा सदश्यको हैसियतले मैले पनि उक्त संबिधानमा हस्ताक्षर गरेकोले म सार्बजनिक रुपमा जनता सामु माफी चाहन्छु। यो गम्भीर त्रुटी सच्याउन प्रस्तावित संबिधान संसोधनको प्रस्तावमा अन्य प्रस्ताव जोड्ने प्रयास कतैबाट नहोस्।