सामाजिक सञ्जाल

काम नभएका मन्त्रीलाई झण्डा घरघर पुर्याउनुको सट्टा कोरोना नियन्त्रणमा खटाउनुस्ः अध्यक्ष थापा

११ जेठ, काठमाण्डौ । राप्रपा अध्यक्ष कमल थापाले नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छाड्न आग्रह गरेका छन् । उनले सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जानुपर्ने सल्लाह दिएका छन् ।

अध्यक्ष थापाले ट्वीट गर्दै काम नभएका मन्त्रीजीहरुलाई कोभिड–१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउन सल्लाह पनि दिएका छन् । केहीदिन अगाडी भूमिसुधार मन्त्री पध्मा अर्यालले नेपालको नयाँ नक्सालाई नेता नेताका घर घरमा पुर्याउन थालेपछि पुर्ब उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापा आक्रोशित बनेका हुन् ।

नेता थापाको ट्वीटः नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्। काम नभएका मन्त्रीजीहरुलाई कोभिड–१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् @Pm_Nepal