बाग्मती

अस्पतालमा ४ जनामा कोरोना संक्रमण भएको केएमसिले गर्यो पुष्टि

२१ जेठ काठमाडौं । काठमाडौं मेडिकल कलेजले अस्पतालमा ४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत २ र अस्पतालका स्वास्थ्यकर्मी २ गरेर ४ जनामा कोरोना पुष्टि भएको जनाकारी गराएको छ ।

अस्पतालले संक्रमीत दुई स्वास्थ्यकर्मीलाई क्वारेन्टाईनमा पठाईएको बताएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा समेत जानकारी गराएको थियो ।

४ दिन अघि स्वाव संकलन गरी टेकु स्थित सरकारी प्रयोशालामा परिक्षणको लागि पठाएकोमा मंगलबार ४ जनाको रिपोर्ट पोजेपिटभ आएको अस्पतालले जनाएको छ ।

साथै अस्पतालमा कोरोना संक्रमीत देखिएपछि अस्पतालले ईर्मेेजेन्सीबाहेक सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको बताएको छ ।