राजनीति

नयाँ नक्सासहितको संबिधान संसोधनपछिमात्र अन्य बिषयमा छलफल हुन्छः गगन थापा

२२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले पहिले संसदबाट विधानको अंग बनाउन संसदको प्रक्रियामा प्रवेश गरिसकेको संविधान संशोधन विधेयक संसदबाट पारित गरेर नक्सा संविधानको अंग बन्ने प्रक्रिया टुङ्ग्याइने बताएका छन् ।

उनले संसदमा दर्ता भएका अन्य बिषयमा भने उक्त निशाना छापमा नेपालको नयाँ नक्सा राखेपछिमात्र छलफल हुने दाबी गरेका छन् । नेता थापाले यस बिषयमा नअलमलिउँ नअलमलाउँ भनेका छन् ।

नेता थापाको ट्वीटः
पहिला, परिवर्तित नक्सालाई संविधानको अंग बनाउन संसदको प्रक्रियामा प्रवेश गरिसकेको संविधान संशोधन विधेयक संसदबाट पारित गरेर नक्सा संविधानको अंग बन्ने प्रक्रिया टुङ्ग्याइन्छ।
त्यस पश्चात मात्र आवश्यकता अनुसार संशोधनका अन्य प्रस्ताव संसदको बिजनेसमा पर्न सक्छ। नअलमलिउँ नअलमलाउँ।