२६ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन भनेका छन् ।
अध्यक्ष थापाले एक टेलिभिजनसंगको अन्तरवार्तामा साँसद सरिता गिरिले नेपालका भूमिहरु लिपुलेक, लिम्पीयाधुरा र कालापानी नेपालको होईन भन्दै दिएको अभिब्यक्तीतर्फ संकेत गर्दै उक्त बिषयमा कडा टिप्पणी गरेका हुन् ।
अध्यक्ष थापाले सरिता गिरिले भारतले अतिक्रमण गरेका भूमिहरुको बिषयमा बोलिएका अराष्ट्रबादी कुराहरु फिर्ता लिनुपर्छ, कि त साँसद पद छाड्नुपर्छ भन्ने तर्क गरेका छन्।
अध्यक्ष थापाले साँसद गिरिलाई दुईवटा उपाय अबलम्बन गर्न घुमाउरो पारामा चेतावनी दिएका छन् ।
अध्यक्ष थापा भन्छन्ः लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ ।