अन्तर्राष्ट्रिय

भारतमा यातायात र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान

एजेन्सी । भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गरेका छन् । शुक्रबार पत्र लेख्दै उहाँले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म बस, ट्रकलगायतलाई सञ्चालन गर्नका लागि अवरोध नगर्न आह्वान गरेका हुन् ।

सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्नदिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ । उनले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिएका छन् ।

“अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अव केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो,” उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।