समाचार

वर्षासंगै आएको पहिरोले बगायो बिद्यालय भवन

३ असार काठमाडौं । वर्षासंगै आएको पहिरोले विद्यालय भवन बगाएको छ । पहिरोले विद्यालयको ४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर, १ सय जोर थालबटुको र भाँडाकुडा समेत बगाएको प्रधानाध्यापक प्रेम खतिवडाले जानकारी दिएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपलीका ४ ईखाबुस्थित रानि आधारभुत विद्यालय भवन गएराति आएको वर्षासंगैको पहिरोले बगाएको हो ।

पहिरोले उक्त गाउँका स्थानीयको विभिन्न क्षती पनि पुर्याएको छ । पानी पर्नासाथ पहिरोको जोखिम हुने भएकाले स्थानीयलाई सुरक्षित गर्नेबारे गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष एभेङले बताएका छन् ।