डियर काम्रेड
अभिवादन !
ओली सरकार भराष्टचारमा यति डुब्योकी त्यो गहिराई मापन गर्ने यन्त्रनै छैन किनकी ओली सरकारको भ्रष्टाचारको गहिराई मापन यन्त्रको क्षमता भन्दा धेरै गहिरो छ, त्यसैले साधरण यन्त्रले मापन गर्न सक्दैन, बालुवाटार जग्गा प्रकरण, प्रिन्टिङ प्रेस सामान खरिद प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रकरण भाग (१ र भाग–२, ओलीजीका वरिपरी भ्रष्ट र स्वार्थीहरुको झुन्डमात्रै छन् र यस्तालाई चिन्ह नसक्नु उनको ठुलो भुल र असक्षमता हो, त्यसैले अर्का अध्यक्ष काम्रेड प्रचण्डले ओली नेतृत्वको सरकार हटाएर, अहिलेका मन्त्रीमण्लका सबै भ्रष्ट नेताहरुलाई मुद्दा चलाएर थुनामा राखी, नेपाल कम्युनिस्ट पार्टिको युवा समुहको सरकार गठन गर्नु पर्ने देशको आवस्यकता देखिएको छ। यसमा अध्यक्षको हैसियतले प्रचन्ड यसरी सरकारका भ्रष्टाचारी मन्त्रीहरुले जे गर्दा पनि मुखमा फेबीकोल राखेको जसरी चुप बस्न पाईदैन, के ती मन्त्री ओलीको मात्रै हो ?
कम्युनिस्ट पार्टीको होईन? के तपाई अध्यक्ष होईन? कार्वाही गर्नु पर्दैनरु यसरी नबोल्नु भनेको भ्रष्टाचारीलाई मौन समर्थन दिनु पनि हो। देशको लागी बोल्नेगर्नुस काम्रेड जनताले हिजोको तपाईको अबगुणहरु सबै बिर्सिएर तपाईलाई पुन साथ दिनेमा म ढुक्क छु, एउटा राम्रो कामले सय खराब काम बिर्साई दिन्छ, उदारहण का लागी राजेन्द्र महतो र उपेन्द्र यादव लाई हेर्नुस्, हिजो हामीलाई नाकाबन्दी लाउने यीनीहरु हैनन? मधेश टुक्र्याउछु भन्ने यीनीहरु हैनन्? नेपाली जनताले यीनीहरुलाई भारतिय देख्थे, भारतको दलाल देख्थे तर आज राता रात सासंदमा दिएको १० मिनेटको भाषणले सबै नेपालीको मन जितेका छन, आज राष्ट्रिय हिरो भएका छन, नेपाली जनताले जनता समाजवादी पार्टमा राम्रो संभावना देख्नथालेका छन।
तपाई जनयुद्द हाकेर देशको भबिस्य बनाउछु भनेर आएको मान्छे तर तपाई पनि भ्रष्टाचार, आफन्तबाद र चाकरीबाजको दलदल र जालोमा फस्नुभएको छ, काम्रेड अहिले नउठाएको आवाज कहिले उठाउनु हुन्छ? अहिले नगरेको परिबर्तन कहिले गर्नु हुन्छ, तपाई देश र जनताको लागी मनबाटै केही गर्ने सोच्नुस्, तपाईको सयौ गल्ती माफगरेर तपाईलाई साथ दिन जनता तयार छन्, तपाई आफ्ना केही सय कार्यकर्ता खुशी पार्नु भन्दा ३ करोड जनता खुशीपार्नु भयो भने तपाईको राजनीतिक भबिस्य उज्वल हुनेछ, नत्र यसरीनै चुप बस्नुभयो भने अब आउने चुनाबमा कुन पार्टीसंग एकता गर्ने हो र कुनदेशमा बसाई सर्ने हो अहिले देखिनै सोच्दै गर्नुहोला, किनकी जनताले आउदो चुनाबमा धुलो र हारको नमिठो स्वाद भएको अचार चटाउने छन् ।
(अध्यक्ष दहाललाई चिठी लेख्ने नविन बिक, चीनको ग्वान्जाओ बस्छन्, उनी गैर आवाशीय नेपाली संघका नेतासमेत हुन् ) ।)