बाग्मती

सुर्य ट्यालेन्ट आर्ट प्रतियोगीता: डाँन्स भिडियो पठाउने म्याद असार १४ सम्म

४ असार, काठमाडौं । सुर्यखबर युट्युव च्यानलले सुर्य ट्यालेन्ट आर्ट प्रतियोगीता गर्ने भएको छ। समुन्नत नेपाल पब्लिेकेशनद्वारा प्रबर्धित सुर्यखबर डट् कमको गुट्युव च्यानल सुर्यखबर टिभिले होम क्वारेन्टाईनमा बस्नुभएका देश बिदेशका नेपाली दाजुभाई दिदीबहिनीहरुबाट डाँन्स भिडियो संकलनगरी उक्त भिडियोहरुमा प्रतिष्पर्धा गराउन लागेको हो ।

उक्त प्रतियोगीतामा भाग लिन ईमेल वा भाईबरबाट बढिमा डेढ मिनटको कुनै गीतमा नाचेको भिडियो पठाउनु पर्नेछ। डाँन्स पठाउन कुनै उमेर नतोकिएको कार्यक्रम संयोजन सदस्य सुरक्षा बस्नेत बताउछिन् । पुरै शरिर देखिने खाल्को डाँन्सलाईमात्र प्रतियोगीतामा राखिनेछ ।

सहभागीमध्ये १५जनालाई पहिलोपटक प्रतिष्पर्धाका लागि छानिनेछ । प्रतिष्पर्धाका लागि छान्न तीन जनाको जज समिति बनाईएको छ । जज सकितिको संयोजकमा संगीतकार, गायक तथा डान्सर नवराज आचार्य छन् भने चर्चित डान्सर बिनु लामा, श्रीजन रावल रहेका छन् ।

संयोजक सदस्य रचना सिवाकोटी, स्वीकृति पोख्रेल, शोभा रावत, आँचल धामी लगायत रहेका छन् । बिश्वभर भएको कोरोना भाईरस संक्रमणका कारण तनावमा रहनुभएकाहरुलाई अलिकति भएपनि मुड फ्रेश बनाउन प्रतियोगीतालेमहत्वपूर्ण भूमिका खेल्ने अनुमान रचना सिवाकोटीको छ । प्रतियोगीतामा १५जनापछि ५ जना छानिनेछ भने त्यसपछि प्रथम, द्धितिय र तृतिय गरी३ जना छानिने सुर्यखबरयुट्युवले जनाएको छ। पुरस्कारको रुपमा प्रथम हुनेलाई रुपैयाँ दुई हजार, द्धितियलाई १५ सय र तृतियलाई एक हजारका साथै प्रमाणपत्र दिईने सुरक्षा बस्नेतले जानकारी दिईन् ।

सदस्य बस्नेतले सबैलाई कम्तीमा डेढ मिनटको भिडियो बनाएर पठाएर प्रतियोगीतामा भागलिई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेकी छन् । भिडियो पठाउने अन्तिम मिति २०७७ साल असार १४ गतेसम्म भएको बताईएको छ ।