५ असार काठमाडौं । साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले एमसिसिको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभाको बिहिबारको बैठकमा प्रधानमन्त्री ओलीले एमसिसि नपढेकाले मात्रै बिरोध गरेको अभिव्यक्ति दिएका थिए प्रधानमन्त्री ओलीको उक्त अभिव्यत्तिप्रति आपत्ति जनाएका हुन् । एमसिसी संझौताका आपत्तिजनक बुँदामाथिको आलोचनालाई प्रधानमन्त्रीले नपढिकन हल्लाको पछि कुदेका भनी गैरजिम्मेवार जवाफ दिएको प्रवक्ता आचार्यको भनाई छ ।
प्रवक्ता आचार्यले प्रमले त संझौता पक्कै पढ्नु भएको होला, बरु उहाँको बुझाई उहि कोरोना–विज्ञान को जस्तै भयो कि भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारको बैठकमा बैठकमा बेसार खाएर कोरोना निको हुन्छ भनेर अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिलाईै लिएर सामाजिक सञ्जालहरुमा बिरोध भईरहेका बेला साझा पार्टीका प्रवक्ता आचार्यले यस्तो बताएका छन् । मुलुकमा कोरोना संक्रमण वढिरहेको र मृतकको संख्या वढिरहेका बेला प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गलत भएको बताएका छन् । उनले अगाडी भनेका छन्ः प्रम ज्यु, एमसिसी यहाँले भनेको गुणकारी बेसार जस्तो हैन है !
उनको ट्वीटः एमसिसी संझौताका आपत्तिजनक बुँदामाथिको आलोचनालाई प्रधानमन्त्रीले नपढिकन हल्लाको पछि कुदेका भनी गैरजिम्मेवार जवाफ दिनुभएछ । प्रमले त संझौता पक्कै पढ्नु भएको होला । बरु उहाँको बुझाई उहि कोरोना–विज्ञान को जस्तै भयो कि ? प्रम ज्यु, एमसिसी यहाँले भनेको गुणकारी बेसार जस्तो हैन है !