समाचार

एमसीसीबारे छलफल गर्न नेकपाले फेरी बोलायो सचिवालय बैठक

६ असार काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीबारे छलफल गर्न नेकपाले सचिवालय बैठक डाकेको छ ।

विभिन्न कारण देखाउँदै पटक–पटक बोलाईएको बैठक स्थगीत हुँदै आएको छ । बिहान ९ बजे बालुवाटारमा बोलाईएको बैठक एमसीसीमा केन्द्रित हुने जनाईएको छ ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ ।