समाचार

काठमाडौंमा आज मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म यी ठाउँहरुमा बत्ति जाँदै छ !

९ असार काठमाडौं । जिर्ण पोल गर्नुपर्ने भएकाले आज काठमाण्डौका केही स्थानमा केही घण्टा बत्ती जाने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले बत्ती जाने भएको हो ।

मध्यान्ह १२ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जस अनुसार घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने भएको हो । तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।