लुम्बिनी

युकेद्वारा स्वास्थ्य सामग्री सहयोग

११ असार, गुल्मी । कोरोनाको महामारीबाट सावधानी अपनाउनका लागि जिल्ला समाज बेलायत(युके) ले जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थालाई रु सात लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । तम्घासस्थित आइसोलेशन सेण्टरसहित पाँच स्थानीय तहका स्वास्थ्य केन्द्रलाई आवश्यक सामग्री सहयोग गरिएको हो ।
रेसुङ्गा र मुसिकोट नगरपालिका तथा छत्रकोट, रुरु क्षेत्र र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई ती सामान प्रदान गरिएको हो । समाजका तर्फबाट गुल्मी जिल्लाका अन्य सात स्थानीय तहलाई समेत कोरोनाविरुद्ध प्रयोग गरिने २०/२० थान पिपिई र दुईदुई थान थर्मल गनसमेत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । थान पिपिई र दुई थान थर्मल गन प्रदान गरिएको छ ।
त्यस्तै जिल्ला विपद् व्यवस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखलाई एकएक थान केएन ९५ मास्क प्रदान गरिएको छ । समाजमार्फत प्राप्त सबै सामग्री जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेका थिए ।