१२ असार काठमाडौं । मध्यरातमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समुह र स्थानीयबीच झडप भएको छ । गएराती अन्दाजी ११ बजे हतियारसहितको समूह स्थानीयबीच झडप हुँदा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवी कुमार पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार, बुद्धचित्त माला लुटपाटका लागि गएको अज्ञात समूह र स्थानीयबीच झडप भएको हो । स्थानीयले अज्ञात समूहमा ५०÷६० जना संलग्न रहेको बताएको भन्दै एसपी पौडेलले प्रहरीको प्रारम्भिक अनुसन्धानमा २० जनाभन्दा बढी संलग्न रहेको बताए ।
झडपमा घाइते हुनेहरूमा श्याम लामा, जित बहादुर तामाङ, बाबू लामा, शेखर लामा, वाङटुब लामा छन् । घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।