१२ असार काठमाडौं । साझा पार्टीका व्रवक्ता डा.सुर्यराज आचार्यले एमसीसीलाई गणितय आधारमा पास गर्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
एमसीसीको विषयलाई लिएर चातर्फि बिरोध चर्किरहेकाबेला डा आचार्यले सामाजिक सञ्जाल ट्वीटमाफर्त सरकारले यसलाई फ्याट्ट संसदमा पेश गरेर गणितका आधारमा स्वाट्ट पास गर्ने दुस्साहस नगरोस् भन्दै सचेत गराएका छन् ।
उनले सरकारले संपूर्ण तथ्य सहित श्वेतपत्र जारी गरी एमसीसीको विषयमा जनताको राय सुन्नुपर्नेमा जोड दिएका छन् । उनले ट्वीटमा अगाडी भनेका छन्ः एमसिसी संझौताको बहस गोजोलिएकोु होईन, नयाँ तथ्य आउँदै गर्दा सरकार र संझौताका पक्षधरलाई तर्क गर्न अलि सकस परेको चैं हो ।
साथै डा आचार्यले अर्काे ट्वीट जारी गर्दै शक्ति राष्ट्रहरूको भूराजनीतिक र भूरणनीतिक मात्र हैन सैन्य प्रतिस्पर्धा समेत बढ्दो रूपमा एशिया केन्द्रित हुँदै भएको भन्दै संवेदनशील भूअवस्थिति भएको हाम्रो देश नेपालले परराष्ट्र सम्बन्धका मामिलामा उच्च सतर्कता अपनाउनु पर्ने आवस्यकता औंलल्याएका छन् ।
उनको ट्रवीटःएमसिसी संझौताको बहस गोजोलिएको होईन। नयाँ तथ्य आउँदै गर्दा सरकार र संझौताका पक्षधरलाई तर्क गर्न अलि सकस परेको चैं हो। सरकारले यसलाई फ्याट्ट संसदमा पेश गरेर गणितका आधारमा स्वाट्ट पास गर्ने दुस्साहस नगरोस् । सरकारले संपूर्ण तथ्य सहित श्वेतपत्र जारी गरोस् । अनि जनताको राय सुनोस् ।