कर्णाली प्रदेश

पहिराका कारण १५० घरघुरी जोखिममा

१२ असार, मान्म । कालीकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो ।

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताए । ‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उनले भने,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् । पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’
अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताए । ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उनले भनेे, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’