राजनीति

धनराजको प्रधानमन्त्रीलाई प्रश्नः भारतीय कोरोना भाइरस कडा भएर वार्ता नभएको हो ?

१३ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सिमा समस्या समाधानमा वार्ताका लागि नेपालको प्रस्तावमा भारतले चासो नदिएको भन्ने सरकारको अभिव्यक्ति प्रति चासो व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमाफर्त नेता गुरुङले भारतीय कोरोना भाइरस कडा भएर वार्ता नभएको हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । शुक्रबार नेकपाको स्थायी कमिटिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पयाधुराको विषयमा भारतले चासो नदिएको भनेर दिएको अभिव्यक्ति विभिन्न सञ्चारमाध्यममा आएको र आफुले पढेको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

दुई देशको सिमा समाधानको लागि प्रस्तावित वार्तामा चासो नदिनु भारतको हेपाहा प्रबृत्ति मात्रै नभई नेपालको कुटनैतिक कुशलताको पनि अभाव हो कि भन्ने प्रश्न समेत नेता गुरुङले गरेका छन् ।

उनको ट्वीटः सिमा सम्बन्धि वार्ताका लागि नेपालको परराष्ट्र मन्त्रीको अनुरोधलाई भारतले ignore गरिरहेको भन्ने समाचार पढें । यो भारतको हेपाहा प्रबृत्ति त हो नै तर हाम्रो कुटनैतिक कुशलताको पनि अभाव हो किरु भारतीय कोरोना भाइरस कडा भएर वार्ता नभएको हो @PM_Nepal ज्यु ?