१३ असार, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले आर्थिक वर्षको झण्डै ९ महिना निर्वाध चलेको अर्थतन्त्रलाई ३ महिनाकोे वहानामा सरकारले कोरोनाले देशको अर्थतन्त्र ध्वस्त पार्यो भनी झुठको खेती गरेको आरोप लगाएका छन् ।
डा कोईरालाले किसानलाई समयमै मल, वीउ र उपकरण दिन नसकेको सरकारले भविष्यमा सलहको वहानामा कृषि उत्पादन घट्यो भनेर नभनोस् भन्दै आफूले सचेत गराउॅन चाहेको ट्वीटरमार्फत भनेका छन् ।
खेती नष्ट गर्ने कीरा सलहको नेपालमा प्रवेश भयो भन्दै सरकार अतालिएका बेला नेपाली काँग्रेसका प्रभावशाली नेता डा कोईरालाको कडा टिप्पणी आएको हो ।