१५ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले जनता दिनदिनै निरास भै आत्माहत्या गर्न बाध्य भएको बेला ओली सरकार उखान टुक्का मै ब्यस्त रहेको टिप्पणी गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमाफर्त नेतृ संग्रौलाले सरकार दिनानुदिन सत्ताको लुछाचुढिमा लाग्दै मोटाउदै जाने, जनताभने दिनदिनै चाउरिदै सुक्दै जाने प्रवृत्तिले समृद्ध नेपाल बनाउने सरकारको संकल्प त सपनामा मात्र सिमित हुने होलानी सरकार भन्दै आसंका व्यक्त गरेकि छन् ।
लम्बिदो लकडाउन ,बढदो संक्रमण र यसबाट सृजित संकटका कारण ८ महिनाको तथ्यांक हेर्नेहो भने दैनिक १४ जना मानिसले आत्महत्या गरेको तथयांङक रहेको नेतृ संग्रौलाले बताईन ।
बिहान बेलुकाको छाकटार्न नसक्नु, एकसरो कपडा फेर्नपनि नहुनु, दैनिक आम्दानी नहुनु,ऋणको ब्याज तिर्न नसक्नु, आफुमाथी आस्रित परिवारको दुख टुलुटुलु हेर्न नसक्नु जस्ता मर्मस्पर्शी कुराले कोहि खोलामा बग्ने, कोही आफ्नो शरिरमा आगो लगाउने, कोहि विष सेवन गर्ने, कोहि पासो लाग्ने घटनाले नेपाली समाजको कारुणिक चित्रण प्रदर्शन गरेको बताईन ।
सरकारी नीतिले समस्यामा रहेका नागरिकलाई छुन नसकेको भन्दै प्रत्येक नागरिकले आपतको बेलामा आफ्नो अबिभावक खोज्ददा सरकार भने जनताको अबिभावक बन्न नसकेको बताएकी छिन् । सरकारको उखान टुक्का र झुक्क्याउने भुल्भुलैयाले कदापि समृद्धि नल्याउने भन्दै जनताको आखामा कसिङार नबन्न सरकार सुझाव समेत दिएकी छिन् ।