साहित्य

‘सलह’

                                  -सागर तिमिल्सिना                 -कविता

वर्षौंदेखी अप्रत्यक्ष रुपमा
आयातित सलहहरु हामीमाथी उडिरहेका छन
हामीभित्र बसिरहेका छन।
हाम्रो मौलिकता
जीवनशैली
रितिथीती
संस्कार
परम्परा
सबैलाई धुँजाधुँजा पारेर
कुरुप बनाइदिए,
तर, हामी सुतिरहेका थियौं।

तर, जब आकाशमा प्रत्यक्ष सलह देखिए
हामी आफ्नो अन्नबाली,
फलफूल र करेसाबारीको संरक्षणका लागि
आत्तिन थाल्यौं!
सलह नियन्त्रणको चासो बढदै गयो
सलह भगाउने उपाय खोज्नथाल्यौं।
जब सलह प्रत्यक्ष आकाशमा देखियो
हाम्रो सक्रियता बढेको छ
हाम्रो चेतना खुलेको छ,
हामी सुतेका थियौं, अब उठदैछौं।