राजनीति

गगनको आक्रोसः अति भयो तमासा, अब जनताका कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्

१७ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले ओली सरकारमा झाँगिएको बिवादप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले एकातिर सलह किराले बालि नालिमा क्षति पुर्याई रहेको र कोरोना भाइरसको प्रकोप, गति र प्रभाव बढ्दो अवस्थामा रहेको प्रति दुःख व्यक्त गर्दै सरकार चलाउनेहरु भने  आफु जोगिन र आफ्ना जोगाउन मै व्यस्त रहेको टिप्पणी गरेका छन् ।

पछिल्लो समय ओली सरकारभित्रैको आन्तरिक कलह झाँगिदै गर्दा सबैको ध्यान जनताको दुःख पीडा, कोरोना, सलह नियन्त्रण जस्ता महत्वपुर्ण विषयमा नभई पार्टीकै विवादतिर मोडिएको उनको बुझाई छ ।

नेता थापाले त्यसैले नेकपा सचिवालयलाई अनुरोध गर्दै अति भयो यो तमासा अब जनताका कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् भन्दै आक्रोश व्यक्त गरेका छन् । पछिल्लो समय नेकपाका अध्यक्ष तथ प्रधानमन्त्री केपीशर्मा ओलीले आफुलाई पदबाट हटाउन भारतिय दुतावसदेखी आफ्नै पार्टीका केहि व्यक्ति लागेको अभिव्यक्ति दिएपछि नेकपामा बिबाद चुलिएको छ ।

उनको ट्वीटः बालुवाटारमा तमासा छ ! सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ । त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छः अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।