समाचार

रहिनन् कांग्रेस सांसद छन्त्यालः ६६ वर्षको उमेरमा निधन

१७ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको मृत्यु भएको छ । मुटु सम्बन्धी समस्याबाट पीडित ६६ वर्षीया छन्त्यालको आज बिहान गंगालाल हृदयरोग काठमाडौंमा मृत्यु भएको हो ।

मृतक छन्त्यालको आज दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिएका छन् ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।