सामाजिक सञ्जाल

शक्तीको आन्तिरिक जोडघटाउमा लागेर नेकपाले देशलाई भड्खालोमा हाल्न पाउँदैनः डा संग्रौला

१७ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद  डा.डिला संग्रौलाले शक्तीको आन्तिरिक जोड घटाउमा लागेर नेकपाले देशलाई भड्खालोमा हाल्न नपाउँने जिकिर गिरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृ संग्रौलाले संसदमा करिब दुई तिहाईको नजिकको नेकपा केपी ओलि सरकार आधाकार्यकाल नपुग्दै नयाँ नक्सा जारी भएपछि भारतको योजनामा आफुलाइ सत्ताबाट हटाउन खोजिएको र त्यसमा पार्टी नेताहरुको समेत सन्लग्नता रहेको भन्ने प्रधानमन्त्रीको सार्बजनिक भनाइबाट स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामाको माग भएबाट सत्तारूढ दल भित्रको किचलो बिस्फोटक मोडमा पुगेको समेत बताईन ।

उनले प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैलीले देश आक्रान्त हुनको साथै सार्बभौमसदनको समेत मानमर्दन हुनपुगे भन्दै यस्तो स्थितिमा ओलिलाइ राख्ने वा हटाउने भन्ने कुरा नेकपाको आन्तरिक जोडघटाउमा निर्भर भएपनि देशलाई भड्खालोमा हाल्न कसैको अधिकार नभएको धारणा व्यक्त गरेकी छिन् ।

उनले नेकपा सरकारमा देखिएको यो अस्थिरतालाई तत्काल चिर्ने काम गर्नुपर्नेमा जोड दिएकी छिन् । पछिल्लो समयमा ओलीको अभिव्यक्तिका कारण नेकपा आन्तरिक किचलोमा ब्यस्त भैरहेको तर्फ सबैको ध्यान केन्द्रित भएको बेला नेतृ संग्रौलाको यति अभिव्यक्ति आएको हो ।