१७ असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेकपाको पछिल्लो समयको बिबादप्रति चासो देखाएका छन् । उनले स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको बिषयलाई कोट्याउँदै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दहाल, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका शीर्ष नेताहरुलाई मिलेर अगाडी बढ्न आग्रह गरेका छन् ।
उनले सिमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । अध्यक्ष थापाले ५ बर्षकोलागि नेपाली जनताले नेकपालाई बहुमत दिएका हुनाले देश र जनताका लागि मिल्नु राम्रो हुने विचार दिएका छन् ।
अध्यक्ष थापाको भनाईः सिमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ। ५ बर्षकोलागि जनताले बहुमत दिएका हुन्। आपसमा मिलेर काम गर्नुहोस्