१७ असार, काठमाडौं । टेलिभिजन प्रश्तोता रवि लामिछानेले नेकपात्रित्र प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई राजीनामा गर्न बाध्य बनाउन दबाब दिने अध्यक्ष पुष्पकमल दहाल, दहाल, बरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल अनि उपाध्यक्ष बामदेव गौतम कसैलेपनि मुलुक र जनताका लागि परिवर्तन गर्न नसक्ने संकेत गरेका छन् ।
उनले फेसबुकमा लेख्दै पहिलो पुस्ताका नेताहरुलाई विदाई गर्दै नयाँ पुस्ता राजनीतिमा आउनुपर्ने भन्दै दुई शक्तीहरु न्वारानदेखीको बल प्रयोग गरेर एक शक्तीलाई हटाउँदै अर्को शक्ती आउन बल प्रयोग गर्ने र अन्त्यमा मिल्ने ठोकुवा गर्दै पुरानो पुस्तामा जो आएपनि मुलुकको परिवर्तनका लागि कुनै पनि काम नहुने विचार व्यक्त गरेका छन् ।
उनले जसरीपनि पुराना पुस्ताका नेताहरुले ओली हटाए पनि नहटाएपनि संकट टार्ने भन्दै उनीहरुको संकट तत्कालका लागि टरेपनि पछि यस्ता घटना दोहोरिरहने बताएका छन् । यस्ता घटना नदोहोरिन नेता परिवर्तन गर्दै युवाहरुलाई नेतृत्व दिनुपर्ने उनको सल्लाह छ । उनले प्रश्न गरेका छन्, ‘उहाँहरुले निकालेको समाधानले यो देशका आम मानिसको कुनै संकट टर्छ? टर्छ?? टर्छ???’
रवि लामिछानेको स्टाटस्ः कुरा प्रष्ट छ, कि त ओली आफ्नो न्वारान देखिको बल लगाएर सत्तामा टिक्छन, कि त प्रचण्ड, माधव, बामदेव, झलनाथहरु मिलेर ,न्वारान देखि कै बल लगाएर ओलीलाई लडाउछ्न्। यो ‘न्वारान देखिको बल’यो पुस्ताका नेताहरु रहेसम्म यसै गरि प्रयोग भैरहन्छ। यो बल जनता मर्दा निस्कदैन, केवल आफुलाइ बचाउन मात्र निस्कन्छ। यो ब्यवस्था प्रति नै बितृष्णा उत्पन्न हुनु पुर्व यो पुस्ताबाटै मुक्ति मागौंं। अब केहि फेर्ने भए पुराना पुस्ताका सबै नेता फेरौं, संकट टर्न त्यहीँबाट शुरु हुनसक्छ। ढुक्क हुनुहोस्, ओली प्रचण्ड माधव बामदेव झलनाथले यो संकट टार्छन्, कुनै हालतमा पनि टार्छन्, समाधान निकाल्छ्न्। तर उहाँहरुले निकालेको समाधानले यो देशका आम मानिसको कुनै संकट टर्छ? टर्छ?? टर्छ???