समाचार

स्व सांसद छन्त्यालप्रति श्रद्धाञ्जलि

१७असार, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व सांसद दिलकुमारी छन्त्यालप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

आज पशुपति आर्यघाटमा पुगेर उनीहरुले सांसद छन्त्यालप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। नेपाली काँग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज निधन भएको थियो । बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा उनको निधन भएको हो ।