१८ असार, काठमाडौं । समाजवादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले झण्डै दुईतिहाई मतको काम्रेडहरुको सरकार कुकुरलाई घीउ नपचेको जस्तै भएको बताएका छन् । उनले कुनै कुनै प्राणीलाई घीउ पच्दैन भन्दै उक्त व्यंगय गरेका हुन् ।
डा भट्टराई भन्छन्, ‘अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं– यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’
पछिल्लो समय नेकपा अन्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन लगाएको र पछिल्ला सरकारका गतिबिधिप्रति टिप्पणी गर्दै डा बाबुराम भट्टराईले उक्त कटाक्ष गरेका हुन् ।
उनको ट्वीटः कुनैकुनै प्रणीलाई घीउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो! सबै सजग रहौं र खबरदारी गरौं– यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !