सामाजिक सञ्जाल

धनराज आक्रमकः समस्या संसद हुँदै होइन, समस्या तपाईं भित्रको दम्भ/असक्षमता हो

१८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता धनराज गुरुङले, ‘सार्बभौम संसदलाई नै समस्या देख्ने @PM_Nepal ज्यु! समस्या संसद हुँदै होइन। समस्या तपाईं भित्रको दम्भ र असक्षमता हो।’ भनेर कडा टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै संसद अधिवेशन अन्त्य गर्दैमा समाधान निस्कँदैन भन्दै ठोकुवा गरेका छन् ।

नेता गुरुङ भन्छन्, ‘संसद छलेर तपाईंले रोज्ने सम्भावित बाटो स्वास्थ्य संकटकाल वा पार्टी फुटाउने अध्यादेश तपाईंकै लागि प्रत्युत्पादक हुनेछ।’ प्रधानमन्त्री केपी शर्मँ ओली सरकारको सिफारिसमा आज राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेपछि नेता गुरुङले उक्त कदमप्रति रुष्ट हुँदै टिप्पणी गरेका हुन् ।

नेता गुरुङको स्टाटस्ः सार्बभौम संसदलाई नै समस्या देख्ने @PM_Nepal ज्यु! समस्या संसद हुँदै होइन। समस्या तपाईं भित्रको दम्भ र असक्षमता हो। संसद अधिवेशन अन्त्य गर्दैमा समाधान निस्कँदैन। संसद छलेर तपाईंले रोज्ने सम्भावित बाटो स्वास्थ्य संकटकाल वा पार्टी फुटाउने अध्यादेश तपाईंकै लागि प्रत्युत्पादक हुनेछ।