१९ असार काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राष्ट्रपती प्रधानमन्त्रीलाई बचाउने साधन नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनले राष्ट्रपती प्रधानमन्त्री ओलीलाई बचाउने साधन नभई संबिधान पालक र रक्षक भएको बताएका हुन्।
सामाजिक सञ्जाल ट्वीट माफर्त संयोजक मिश्रले के राष्ट्रपति ओली गुटका नेता हुन् ? भन्ने कडा प्रश्न गर्दै होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छ भन्दै टिप्पणी गरेका छन् ।
उनले राष्ट्रपति संविधानका पालक र रक्षक भएको भन्दै ओलीलाई संकटबाट बचाउने साधन नभएको जिकिर गरेका छन् । साथै उनले राष्ट्रपतीलाई कुनै एक पार्टीको मात्रै बनाई सिँगो गणतन्त्रको खिल्ली उडाउन नहुनेमा जोड दिएका छन् ।
उनको ट्वीटः के राष्ट्रपति ओली गुटका नेता हुन् ? होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छरु राष्ट्रपति गणतन्त्रका गहना हुन् । राष्ट्रपति संविधानका पालक र रक्षक हुन् । ओलीलाई संकटबाट बचाउने साधन होइनन् । सिँगो गणतन्त्रको खिल्ली नउडाऊँ ।